शुक्रबार, ४ जेठ २०८१

अत्याधिक महंगा नायिका

समयपोष्ट २०७७ असोज २२ गते ६:५६

Advertisement

महँगो पारिश्रमिक लिने बलिउडका पाँच नायिकाको फेरि पनि नाम सार्वजनिक गरिएको छ । पछिल्लो दुई वर्षबाट अभिनेत्री कंगना रनौतले सबैभन्दा बढी पारिश्रमिक लिने गरेको त्यहाँको मिडियाले जनाएको छ ।

यो वर्ष पनि बलिउडको सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा कंगना नै परेकी छन् । उनको पछिल्लो समय आएको फिल्म पंगा बक्स अफिसमा हिट भएको छ । यसअघि रिलिज भएका फिल्महरू मणिकर्णिका, जजमेन्टल है क्याले पनि बक्स अफिसमा सर्वाधिक राम्रो व्यापार गरेको थियो ।

सोही कारण उनले आफ्नो पारिश्रमिक उच्च तोकेकी छन् । अभिनेत्री कंगनाले एउटा फिल्मबाट २४ देखि २५ करोड रुपैयाँसम्म लिने गरेकी छन् । यी अभिनेत्रीले अहिलेसम्म तीनपटक अभिनयबाट राष्ट्रिय पुरस्कार जितिसकेकी छन् ।

Advertisement

यस्तै, बलिउडमा महँगो पारिश्रमिक लिने दोस्रो अभिनेत्रीको सूचीमा दीपिका पादुकोण परेकी छन् । यतिबेला लागूऔधष दुव्र्यसनीको आरोप खेपिरहेकी यी अभिनेत्रीले एउटा फिल्मबाट २१ देखि २२ करोड रुपैयाँ पारिश्रमिक लिने गरेकी छन् । यी अभिनेत्रीको पछिल्लो समय छपाक र पद्यमावतजस्ता सफल फिल्म रिलिज भए । यी दुवै फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेको छ ।

बलिउडदेखि हलिउडसम्म छाएकी अभिनेत्री प्रियंका चोपडाले चार वर्षयता आफ्नो पारिश्रमिक घटाएकी छैनन् । उनले एउटा फिल्मबाट १८ देखि २० करोड रुपैयाँ पारिश्रमिक लिने गरेकी छन् । उनी धेरै पारिश्रमिक लिने अभिनेत्रीको तेस्रो सूचीमा पर्छिन् । पछिल्लो समय यी अभिनेत्रीको फिल्म द स्काइ इज पिंक रिलिज भएको थियो । त्यसपछि यी अभिनेत्रीको नयाँ फिल्म आएको छैन । उनी अहिले नयाँ फिल्मको तयारीमा व्यस्त छिन् ।

बलिउडमा महँगो पारिश्रमिक लिने अभिनेत्रीको चौथो सूचीमा अभिनेत्री करिना कपुर पर्छिन । तर, आउँदा दिनमा उनी केही समय फिल्ममा निस्क्रिय हुनेछिन् । त्यसैले, उनको पारिश्रमिक अब घट्ने समीक्षकहरूको भनाइ छ । यी अभिनेत्री अहिले दोस्रो सन्तान जन्माउने तयारीमा छिन् । अभिनेत्री करिनाले एउटा फिल्मबाट १६ देखि १७ करोड रुपैयाँसम्म पारिश्रमिक लिने गरेकी छन् । करिनाको पछिल्लो समय अंग्रेजी मिडियम, गुड न्युज, वीर दि वेडिङजस्ता फिल्महरू रिलिज भएका छन् ।

बलिउडमा महँगो पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा पाँचौं नम्बरमा श्रद्धा कपुर परेकी छन् । उनी पछिल्लो पुस्ताका सफल अभिनेत्रीको रूपमा परिचित छिन् । श्रद्धाले पछिल्लो समय एउटा फिल्मबाट १५ करोड रुपैयाँ पारिश्रमिक लिन थालेकी छन् । अभिनेत्री श्रद्धाको पछिल्लो समय सावो, स्ट्रिट डान्स–३, बागी–३ जस्ता फिल्म बजारमा आएका छन् । एकपछि अर्को सफल फिल्म दिएका कारण पनि उनी अहिले सफल अभिनेत्रीको रूपमा स्थापित छिन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री