आइतबार, ६ जेठ २०८१

नबिल बैंकको अध्यक्षमा पौड्याल नियुक्त

समयपोष्ट २०७७ असोज २० गते १८:५३

Advertisement

नबिल बैंकले बैंकर तथा समाजसेवी उपेन्द्र पौड्याललाई बैंकको अध्यक्षमा नियुक्त गरेको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले उहाँलाई अध्यक्षमा नियुक्त गरेको हो ।

नबिल बैंक लिमिटेडमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल यही असोज १७ गते सकिएसंगै उपेन्द्र पौड्याल नियुक्त हुनुभएको हो ।

२०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गर्नुभएका पौड्याललाई सञ्चालक समितिले करिब ३ वर्षपछि अध्यक्ष बनाएको छ । उहाँ पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि समेत हुनुहुन्छ ।

विश्वव्यापी रूपमा फैलिएको यो संस्थाले दिगो बैंकिङ विकास, सुशासन र समुदायको जीवनस्तर रूपान्तरण गर्ने खालका काम गर्दै आएको छ । नेशनल बैंकिङ इन्स्टिच्यूटको निर्देशक रहेको उहाँ सफल बैंकरसंगै समाजसेवीका रूपमा समेत परिचित हुनुहुन्छ ।

Advertisement

तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उहाँ यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा हुनुहुन्थ्यो । जहाँ उहाँको संलग्नता स्थापनाकालदेखि नै थियो ।

सन् १९८६ मा ग्रिनल्यान्ड बैंकबाट उहाँले बैंकिङ करिअर सुरु गर्नुभएको थियो । त्यहाँ १४ वर्ष जिम्मेवारी सम्हालेपछि हाँ एनएमबी फाइनान्समा पुग्नुभएको थियो । एनएमबीमा हाँले १७ वर्ष अनवरत सेवा गर्नुभयो ।

१४ वर्ष ग्रिनल्यान्ड बैंक, १७ वर्ष एनएमबी र ३ वर्ष नबिल बैंकसहित हाँले ३४ वर्षको बैंकिङ अनुभव बटुल्नुभएको छ । विगतमा आफूले काम गरेका हरेक क्षेत्र तथा बैंकमा आज पनि हाँको योगदानको उच्च कदर हुने गर्छ ।

होटलबाट व्यावसायिक करिअर सुरु गरेका पौड्यालले सोल्टी होटलमा करिब ६ वर्ष काम गर्नुभयो । त्यही अनुभवका आधारमँ उहाँ हालको स्टयान्डर्ड चार्टर्ड (तत्कालीन नेपाल ग्रिनल्यान्ड बैंक) मा प्रवेश गरे । त्यहाँ विभिन्न पदमा रहेर करिब १४ वर्ष काम गरेको उहाँको अनुभव छ ।

समाज सेवाका विभिन्न क्षेत्रमा समेत संलग्न हुँदै आउनुभएका पौड्याल सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्ष हुनुहुन्थ्यो । दशकौंको बैंकिङ अनुभव र दक्षताले उहा“लाई नबिल बैंकको अध्यक्षसम्म पुर्याएको छ । बैंकले उहा“को नेतृत्वमा नयाँ उचाई प्राप्त गर्ने अपेक्षा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री