शनिबार, ५ जेठ २०८१

नेपाल बैँकका सञ्चालकमा शेयरधनीको प्रतिनिधित्व वृद्धि हुने

समयपोष्ट २०७७ असोज १९ गते २२:३०

Advertisement

नेपाल बैँकका सञ्चालकमा शेयरधनीको प्रतिनिधित्व वृद्धि हुने नेपाल बैंक लिमिटेडको विशेष साधारणससभाले सञ्चालक समितिमा साविकको व्यवस्थामा परिवर्तन गरी शेयरधनीको प्रतिनिधित्व बढाएको छ ।

भर्चुअलरुपमा आज गरिएको सभाले नेपाल सरकारबाट मनोनयन हुने चार सञ्चालकबाट घटाई तीन र सर्वसाधारण शेयरधनीका तर्फबाट निर्वाचित हुने दुईबाट वृद्धि गरी तीन कायम गर्ने व्यवस्था पारित गरेको छ ।

नियमावलीको सम्बन्धित दफामा संशोधन गर्नाका साथै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीलाई समयानुकूल अद्यावधिक गर्न प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशोधन÷थपघट गर्ने प्रस्ताव सभाबाट पारित भएको बैकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री