शनिबार, ५ जेठ २०८१

माछापुच्छ्रे बैंकको २०–२० स्मार्ट योजना संचालनमा

समयपोष्ट २०७७ असोज १९ गते १९:१२

Advertisement

स्थापनाको २० बर्ष पूरा गरि २१ औँ वर्षमा प्रवेश गरेको अवसरमा माछापुच्छ्रे बैंकले ग्राहक लक्षित २०–२० (ट्वेन्टी–ट्वेन्टी) स्मार्ट योजना संचालनमा ल्याएको छ । चाडबाडको समयमा हुने किनमेललाई ध्यानमा राख्दै बैंकले बैंकका डेविट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिंगका प्रयोगकर्ताहरुलाई लक्षित गरी क्यासव्याक अफर संचालनमा ल्याएको हो ।

उक्त योजना अन्तर्गत ग्राहकहरुले बैंकको डेविट कार्ड तथा क्रेडिट कार्डबाट पीओएस वा इ–कमर्श साइटहरुमा भुक्तानी गर्दा साथै मोबाइल बैंकिंगबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा २० प्रतिशत वा बढिमा रु.२०० सम्मको क्यास व्याक अफर प्राप्त गर्न सक्नुहुनेछ ।

बैंकको २० औँ वार्षिकोत्सवको अवसरमा २० दिनसम्म संचालन हुने २० प्रतिशत क्यासव्याक अफरमा सहभागी भई क्यासव्याक प्राप्त गर्न ग्राहकहरुले क्यासब्याक अवधिभर कम्तीमा रु.२०० बरावरको २ वटा छुट्टाछुट्टै कारोबार गर्नुपर्नेछ ।

कोभिड १९ को जोखिम बढि नै रहेको र चाडबाडको समय नजिकिदै गइरहेको समयमा डिजिटल कारोबारलाई प्रोत्साहित गर्न बैंकले उक्त २०–२० स्मार्ट योजना संचालनमा ल्याएको हो ।

Advertisement

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको बैंकले पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १५०० बढी पिओएसमार्फत ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिंग सुबिधा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री