शनिबार, ५ जेठ २०८१

खडका र गुरुङ्ग प्रभु बैंकको ब्राण्ड एम्बास्डर नियुक्त

समयपोष्ट २०७७ असोज १९ गते १९:०१

Advertisement

प्रभु बैंक लिमिटेडले कलाकार अभिनेता प्रदिप खडका र अभिनेतृ कृष्टिना गुरुङ्गलाई एक वर्षका लागि ब्राण्ड एम्बास्डर नियुक्त गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकारद्धय खड्का र गुरुङ्गलाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्ती गर्ने सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

उक्त हस्ताक्षर कार्यक्रममा कलाकारद्धय खड्का र गुरुङ्ग अभिनित बैंकको विज्ञापन सार्वजनिक गरिएको थियो । कलाकारद्धय खडका र गुरुङ्ग बैंकको ब्राण्ड एम्बास्डर नियुक्त हुनुभएपपछि सर्वसाधारणमा प्रभु बैंक प्रतिको विश्वसनीयतामा बृद्धि हुने बैंकले विश्वास लिएको छ ।

 

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री