शनिबार, ५ जेठ २०८१

सांग्रिला डेभलपमेन्ट बैंक र पे नेप (मोरु) बीच सम्झौता

समयपोष्ट २०७७ असोज १६ गते १५:३१

Advertisement

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले र पे नेपको (मोरु) बीच सम्झौता भएको छ ।

ग्राहकहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेको यस बैंकले थप सुबिधालाई मध्यनजर गर्दै पे नेपको (मोरु)संग सम्झौता गरेको बैंकले जनाएको छ ।

सम्झौतासंगै ग्राहकहरुले इन्टरनेट तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको रकम पे नेपको (मोरु) मा लोड गरी मोबाईल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न अन्य सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

चेक र एटिएम को विकल्पको रुपमा आएको यो सुबिधा उपयोगी हुने विश्वास बैंकले लिएको छ ।

Advertisement

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री