
काठमाडौं महानगरपालिका शहरी स्वास्थ महाशाखाले वडा अनुसार कोरोना संक्रमितको तथ्यांक सार्वजनिक गरेको छ ।
जसमा हालसम्म महानगरका विभिन्न वडासहित कुल ९ हजार ३ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको उल्लेख गरिएको छ । त्यसमध्ये ७६ जनाको मृत्यु भएको छ । महानगरका संक्रमितमध्ये ३ सय ६५ जना सम्पर्कमा छैनन् ।
अहिलेसम्म काठमाडौं महानगरपालिकाको वडा नम्बर १५ स्वयम्भू र वडा नम्बर १६ सोह्रखुट्टे कोरोना ‘हटस्पट’ भएको छ । स्वयम्भूमा ८ सय ५८ जना र सोह्रखुट्टेमा ६ सय ४४ जनामा कोरोना संक्रमण भएको छ ।

महानगरको वडा नं. ३ महाराजगञ्जमा ५ सय २२ जना, वडा नं. ११ त्रिपुरेश्वरमा ५ सय ४९ जना, वडा नं. १३ कालिमाटीमा ५ सय ३३ र वडा नं. १४ कलंकीमा संक्रमितको संख्या ५ सय १० जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।








प्रतिक्रिया