प्रदेश ५ को राजधानी दाङको भालुवाङ

प्रदेश ५ सरकारले दाङको भालुवाङलाई प्रदेश ५ को राजधानी बनाउने निर्णय गरेको छ ।

Advertisement

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको बताईएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुबीच भालुवाङलाई राजधानी बनाउने सहमति भएसँगै मन्त्रिपरिषद् बैठकले सो निणर्य गरेको बताईएको छ ।

राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन । रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभमा मतभेद थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री