
अशोक खनाल
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारीसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलसहित सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा,उनका सवारी चालक,स्वास्थ कार्यलयका सुचना अधिकारी बिजय बिक लगायत अन्य तीन जनामा कोरोना संक्रमण पुष्टि भएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिए ।

आश्विन ६ गते देखि परेको अविरल बर्षाका कारण जिल्लाको विभिन्न ठाउँमा भएको बिपद ब्यवस्थापन उद्वार राहत र पुनस्थापनामा खटिएकै अबस्थामा स्वास्थमा समस्या आएपछि प्रमुख जिल्ला अधिकारी लगायत १० जनाको स्वाब संकलन गरी गुल्मी प्रयोगशालामा पठाइएको थियो । ती दश जनामध्य सात जनामा संक्रमण पुष्टि भएको हो ।

आजै जिल्ला प्रशासन कार्यलयल अर्घाखाँचीले एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यलयबाट हुनेत कामहरु नियमित रुपमा सञ्चालन हुने जानकारी दिएको छ । साथै स्वास्थ सुरक्षाका मापदण्ड अपनाएर काम गर्न अपिल समेत गरेको छ ।








प्रतिक्रिया