शनिबार, १५ वैशाख २०८१

सनराईज बैंक र बङ्गलादेश बैंकको सेयरमूल्य कतिमा भयो समायोजन ?

समयपोष्ट २०७४ कार्तिक १३ गते १०:१४

सनराईज बैंक र बङ्गलादेश बैंकको सेयरमूल्य समायोजन भएको छ । दुबै बैंकको बोनसपछिको सेयरमुल्य सोमबार नेपाल स्टक एक्सचेञ्जले समायोजन गरेको हो । सनराईज बैंकको १५ प्रतिशत बोनस सेयरपछि २९२ रुपैयाँमा मूल्य समायोजन भएको छ । यसअनुसार बैंकको सेयर कारोबार सोमबार २९२ रुपैयाँमा कारोबार खुला हुनेछ । बैंकको १८० दिनको सेयर कारोबारको आधारमा औसत आधारमूल्य ३८३ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ । 

Advertisement

त्यस्तै बङ्गलादेश बैंकको १२ प्रतिशत बोनस समेत समायोजन भएको छ । बैंकको  बोनसपछि २९६ रुपैयाँमा मूल्य समायोजन भएको छ । यसअनुसार बैंकको सेयर कारोबार पनि २९६ रुपैयाँमा कारोबार खुला हुनेछ । बैंकको औसत आधार मूल्य ४३५ रुपैयाँ कायम हुन आएको नेप्सेले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री