शुक्रबार, १६ चैत २०८०

चितवनका जनताको विश्वासको मत लिएर देशको नेतृत्व गर्छु : प्रचण्ड

समयपोष्ट २०७४ कार्तिक १३ गते १०:०७

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनका जनताको विश्वासको मत लिएर देशको नेतृत्व गर्ने बताएका छन् । सोमबार भरतपुरमा प्रेस चौतारी र प्रेस सेन्टर चितवनले गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । 

Advertisement

सम्मेलनमा उनले विगतमा कांग्रेससँग गरिएको निर्वाचन केन्दि्रत तालमेल र अहिले एमालेसँग गरिएको गठवन्धन फरक भएको भन्दै  एमालेसँगको पार्टी एकतामा शंका नगर्न अपील गरे ।  उनले एमाले र माओवादीले गरेको वाम गठवन्धनले देश र जनताको हित गर्ने उनको दावी  गर्दै भने, ‘देशमा धेरै पार्टी हुनुभन्दा कम पार्टी हुनु देश र जनतको आवश्यकता हो । यो प्रकृयाको शुरुवात हामीले गर्‍यौं, कांग्रेसमा पनि त्यो प्रक्रिया सुरु भएको छ, यो देश र जनताको हितमा छ ।’

उनले विगतमा कांग्रेससँग गरिएको निर्वाचन केन्दि्रत तालमेल र अहिले एमालेसँग गरिएको गठवन्धन फरक भएको उल्लेख गरे । 

प्रचण्डले भने, ‘एमाले र माओवादीबीच गरिएको वाम गठवन्धन र एकता जो गरिएको छ यसमा बैचारिक र राजनीतिक अर्थ छ । यसको छुट्टै विषेशता छ । यो एकता कुनै ट्याक्टीक कुरा होइन् ।’

उनले निर्वाचन आयोगले नै प्रत्यक्षतर्फको मतपत्र दुईवटा छाप्ने भएपछि निर्वाचन हुँदैन कि भन्ने शंका नभएको समेत बताए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री