शुक्रबार, ७ वैशाख २०८१

दरबामार्गका बढी मृल्य लिई ठगी गर्ने व्यवसायी ‘फरार’

समयपोष्ट २०७४ कार्तिक १२ गते २:५०

लत्ताकपडा, जुत्ता घडीलगायतका सामानमा बढी मृल्य लिई ठगी गर्ने दरबारमार्गका व्यवसायीहरु सम्पर्कविहीन भएका छन । 

Advertisement

महानगरीय प्रहरी परिसर टेकुले १३ व्यवसायीलाई कार्यलयमा उपस्थित हुन पत्र काटेको जानकारी पाएपटि उनीहरु सम्पर्कमा आएका छैनन् । 

थप अनुसन्धान प्रक्रियाका लागि व्यवसायीलाई पत्र काटेको थियौं, परिसरका डिएसपी बेलबहादुर पाण्डेले भने, तर, व्यवासायीहरु फरार छन् । 

उनका अनुसार व्यवासयीहरु पसलमा कामदार राखेर सम्पर्कविहीन भएर बसेका छन् । 

व्यवसायीहरु फरार भएपछि कारबाही प्रक्रिया नै प्रभावित भएको छ । कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री