शनिबार, १५ वैशाख २०८१

गुरु प्रसाद न्यौपानेबाट जफत गरिएको साधारण सेयर लिलामीमा

समयपोष्ट २०७४ कार्तिक ८ गते ६:२५

जनता बैंकले गुरु प्रसाद न्यौपानेबाट जफत गरिएको साधारण सेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ । बैंकले  न्यौपानेबाट जफत गरिएको ८५ हजार एक कित्ता साधारण सेयर लिलामी मार्फत बिक्री गर्ने भएको हो । यसका लागि आवदेकले कात्तिक १५ देखि २१ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र आह्वान गर्दा आवेदकले न्युनतम १०० कित्ता देखि अधिकतम सम्पुर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

Advertisement

बैंकको बिक्री प्रबन्धक काठमाण्डौं क्यापिटल रहेको छ ।  बैंकको लिलामी सेयरमा आवेदन गर्न चाहनेले काठमाण्डौं प्लाजामा रहेको काठमाडौ क्यापिटलको कार्यालयमा सम्पर्क राख्नु पर्ने छ । प्राप्त शिलबन्दी बोलपत्र कात्तिक २२ गते विहान ११ बजे काठमाडौं क्यापिटल मार्केटको कार्यालय काठमाडौं प्लाजामा खोलिने जनाइएको छ।

न्यौपानेले बैंक सञ्चालक छँदा श्रीमतीको नाममा दोस्रो बजारबाट शेयर खरिद गरेको पाएपछि जफत गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो । केन्द्रिय बैंकको निर्देशन बमोजिम बैंकले न्यौपानेले श्रीमती सुमित्राका नाममा किनेको ५२ हजार ४७० कित्ता एवं त्यसमा हकप्रद र बोनस थप गरि पुर्याइएको कुल ८५ हजार एक कित्ता शेयर जफत गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री