शनिबार, ८ वैशाख २०८१

टिकट नपाएपछि सिटौला रुष्ट: राप्रपाकाका लागि सिटौलाको नाम समानुपातिकमा

समयपोष्ट २०७४ कार्तिक ८ गते २:४९

निर्वाचन आयोगमा दर्ता भएको समानुपातिक उम्मेदवारको सूचीमा परिसकेका कांग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौलाले झापा ३ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन् ।

Advertisement

सोमबार झापा पुगेका उनले नेता कार्यकर्तासँग भने, ‘मसँग सल्लाह नै नगरी मेरो नाम समानुपातिकमा पठाइएको छ, तर म झापा–३ बाटै निर्वाचन लड्छु ।’ कार्यकर्ताले समानुपातिकमै जान आग्रह गरे आफूलाई मान्य हुने पनि उनले बताएका छन् ।

एमाले र माओवादी केन्द्रले वाम गठबन्धन बनाएपछि कांग्रेसले राप्रपासँग मिलेर बलियो गठबन्धन बनाउन खोजेको छ । त्यसकै चेपुवामा सिटौलाजस्ता शीर्ष नेता पनि परेका छन् ।

गत संविधानसभा निर्वाचनमा सिटौलासँगै पराजित राप्रपाका राजेन्द्र लिङ्देनका लागि सिट छोड्न कांग्रेस तयार भएको छ ।

कांग्रेसले गत संविधानसभामा झापामा चार क्षेत्र जितेको थियो । एमालेको पकड भएको झापामा सिटौलाजस्ता प्रभावशाली नेता चुनावमा नजाँदा यसको फाइदा वाम गठबन्धनलाई हुन्छ।नयाँ पत्रिका बाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री