शुक्रबार, १४ वैशाख २०८१

राजपा युवा संघका अध्यक्ष सहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश

समयपोष्ट २०७४ कार्तिक ७ गते ४:०३

राष्ट्रिय जनता पार्टी (राजपा) सम्वद्ध तराई मधेश स्वयमसेवक संघका केन्द्रीय अध्यक्ष अजय पट्टेल, महासचिव अनिल कुशवाहा, नेपाल प्राध्यापक संघका नेता अर्जुन पट्टेल, तराई मधेश विद्यार्थी फन्टका नेता सन्देश पट्टेल लगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

Advertisement

युवा नेताहरु मंगलबार बिहान अध्यक्ष प्रचण्डको हातबाट टीका लगाएर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । राजपाका युवा नेताहरुको माओवादी केन्द्रमा प्रवेशसँगै अधिकांश केन्द्रीय नेताहरु माओवादी  केन्द्रमा प्रवेश गर्ने तयारी रहेको र त्यसका लागि छुट्टै पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने नेता पट्टेलले जानकारी दिए।

माओवादी  केन्द्र प्रवेश गर्दै संघका केन्द्रीय अध्यक्ष अजय पट्टेलले राजपाले मधेशका मुद्दा सत्ता स्वार्थसँग साटेको, मधेशी जनतालाई आन्दोलनका नाममा धोका दिएको , राष्ट्रिय एकता कमजोर बनाएको  र राष्ट्रिय एकता एवं मधेशी अधिकारका पक्षमा लड्ने पार्टी माओवादी भएकाले आफु  माओवादी  केन्द्रमा आएको बताए । 

पार्टी प्रवेश गराउँदै अध्यक्षप्रचण्डले मधेशी जनताले क्रमशः माओवादी  केन्द्र नै देशको एकता, आर्थिक समृद्धि र मधेशको अधिकारका पक्षमा लड्ने पार्टी भएको बुझ्दै गएको बताए । युवा नेताहरुको पार्टी प्रवेशले मधेशमा माओवादी  केन्द्र थप शक्तिशाली हुने बताउँदै प्रचण्डले पार्टी प्रवेश गर्नेहरुलाई उचित जिम्मेवारी दिइने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री