शुक्रबार, १४ वैशाख २०८१

नेपाल बंगालदेश बैंकको साधाणसभा मंसिर ३ मा ,साधाणसभाले १५.७९ प्रतिशत लाभांस पारित गर्ने

समयपोष्ट २०७४ कार्तिक ६ गते ६:०८

नेपाल बंगालदेश बैंकले मंसिर ३ गते २३ औं बार्षिक साधारणसभा डाकेको छ। बैंकले साधारणसभाबाट संचालक समितिले प्रस्ताव गरेको १५.७९ प्रतिशत लाभांस पारित गर्नेछ ।

Advertisement

बैंकले गत आर्थिक बर्षको नाफाबाट हाल कायम भएको चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । साथै साधारणसभामा ३.७९ प्रतिशत नगद लाभांस पनि पारित गर्ने प्रस्ताव लगिँदैछ।

साधारणसभाले बैंकको अगामी चार बर्षको लागि संचालक समितिको चयन गर्ने भएको छ। जसमा संस्थापक समुहको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना र सर्बसधारण समुहबाट तीन जना संचालकहरुको निर्वाचन गर्ने भएको छ। 

बैंकले सधारणसभा प्रयोजनका लागि कार्तिक १३ देखि मंसिर ३ गतेसम्मको लागि बुक क्लोज गर्ने भएको छ । बैंकको हालको चुक्ता पूँजी सात अर्ब २१ करोड रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट १२ प्रतिशत बोनस शेयर वितरण पश्च्यात बैंकको चुक्ता पूँजी ८ अर्ब आठ करोड रुपैयाँ पुग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री