बिहीबार, ६ वैशाख २०८१

आजबाट १५ कम्पनीको सेयर कारोबार रोकियो , हेर्नुहोस् कुन कुन ?

समयपोष्ट २०७४ कार्तिक १ गते ६:१५

नेपाल स्टक एक्सचेञ्च नेप्सेले १५ कम्पनीको सेयर कारोबार बुधबारदेखि रोक्का गरेको छ ।  नेप्सेले नेप्सेमा सूचिकरण भएर असोज मसान्तसम्ममा नविकरण शुल्क नबुझाएका १५ कम्पनीको सेयर कारोबार रोक्का गरेको हो । 

Advertisement

 कारोबार रोक्का हुने कम्पनीहरुमा हाम्रो विकास बैंक, सिभिल लघुवित्त, काबेली विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, कन्काई विकास बैंक, कणार्ली डेभलपमेन्ट बैंक, महिला सहयात्रा माईक्रोफाइनान्स वित्तिय संस्था, नागबेली माईक्रोफाइनान्स, ललितपुर फाईनान्स, नेशनल माईक्रोफाइनान्स, कुबेर मर्चेन्ट फाईनान्स, समता माईक्रोफाईनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, दिब्येश्वरी हाईड्रो पावर कम्पनी, र युनिलिभर नेपाल रहेका छन् ।

धितोपत्र कारोबार नियमावली अनुसार एक करोड रुपैयाँसम्म चुक्ता पूँजी भएका कम्पनीले १५ हजार, एक करोडदेखि ५ करोडसम्म पूँजी भएकाले २५ हजार, ५ करोड देखि १० करोडसम्म भएकाले ३५ हजार र १० करोड माथि पूँजी भएकाले ५० हजार रुपैयाँ सूचिकरण नविकरण शुल्क बुझाउनु पर्ने व्यवस्था रहेको छ ।

नेप्सेका अनुसार हाल नेप्सेमा सूचिकृत रहेका १९६ वटा कम्पनीहरुमध्ये असोज ३१ गतेसम्म १५४ कम्पनीले नविकरण शुल्क बुझाएका थिए।  ४२ कम्पनीले नविकरण शुल्क बुझाउन बाँकी रहेको थियाे । केही कम्पनीहरुको भने मर्जर तथा एक्विजिशनको प्रक्रियामा रहेकाले यसअघिदेखि नै कारोबार रोक्का रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री