बिहीबार, १५ चैत २०८०

कांग्रेस चुनावबाट भाग्न खोजिरहेको छ : ईश्वर पोखरेल

समयपोष्ट २०७४ कार्तिक १ गते ५:२४

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले कांग्रेस चुनावबाट भाग्न खोजिरहेको आरोप लगाएका छन् । बुधवार बुढानीलकण्ठ नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । कार्यक्रममा  उनले निर्धारित मितिमा चुनाव नभए देउवाको दुर्गति हुने समेत बताए । उनले चुनाव सार्न राज्यका संवैधानिक अंगहरुलाई प्रभावित पार्ने प्रयास भइरहेको भन्दै प्रधानमन्त्री शेरवहादुर देउवा चुनाव भाँड्ने षड्यन्त्रमा लागेको  बताए । 

Advertisement

उनले राज्यका सबै अंगहरुले आ–आफ्नो दायित्व निर्वाह गर्नुपर्ने भन्दै कतैबाट प्रभावित भए दुर्भाग्य हुने बताए । देउवा चुनाव नगराउने खेलमा लागेको भन्दै पोखरेलले भने, ‘देउवाको विगत चुनाव नगराउने खलनायकका रुपमा चित्रित छ । अहिले पनि उनी यही खेलमा लागेका छन् । सर्वोच्च अदालतमा सन्दर्भहीन विषय छलफलमा लैजानुले आशंका जन्माएको छ" । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री