बिहीबार, २० वैशाख २०८१

“लोकतन्त्र सिध्याउनु भनेको काँग्रेसलाई सिध्याउनु हो,लोकतन्त्र जोगाउन काँग्रेस एकजुट हुनुपर्छ”

समयपोष्ट २०७४ असोज ३१ गते ७:५८

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई जोगाउन काँग्रेस एकजुट हुनुपर्ने बताएका छन् । मंगलबार नेपाली काँग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा आयोजना गरेको ‘राष्ट्रिय रणनीतिक प्रशिक्षण’ कार्यक्रममा प्रधानमन्त्री देउवाले लोकतन्त्र खतरामा परे देश नै खतरामा पर्ने भन्दै लोकतन्त्रलाई जोगाउन काँग्रेस एकजुट हुनुपर्ने बताएका हुन् । कार्यक्रममा उनले  लोकतन्त्र सिध्याउनु भनेको काँग्रेसलाई सिध्याउनु हो भन्दै केही बामपन्थी दलको गठबन्धनले लोकतन्त्रमा चुनौती देखिएको बताए । उनले लोकतन्त्रलाई बलियो बनाउन निर्वाचनमा काँग्रेसलाई विजयी गराउन आवश्यक रहेको समेत उल्लेख गरे । 

Advertisement

प्रधानमन्त्री देउवाले कम्युनिष्टहरु प्रजातान्त्रिक पद्दतिबाट जनतालाई झुक्याएर साम्यवाद स्थापना गर्न लागेको भन्दै उनले भने, “कम्युनिष्टहरु प्रजातान्त्रिक पद्दतिबाट जनतालाई झुक्याएर साम्यवाद स्थापना गर्न लागेका छन्, यसप्रति सम्पूर्ण लोकतन्त्रवादी सचेत हुनु जरुरी छ ।” 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री