शनिबार, १५ वैशाख २०८१

एक करोड रुपैयाँ लगानीमा अत्याधुनिक बस सञ्चालनमा ,बसभित्रै तातो,चिसोका साथै शौचालयको समेत व्यवस्था

समयपोष्ट २०७४ असोज २९ गते १०:०८

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ट्राभल्स नेपाल बस सर्भिस प्रालिले अत्याधुनिक सेवा र सुविधासहित थप पाँच वटा पर्यटकीय बस सञ्चालनमा ल्याएको छ।
     
‘उमंगको अनुभूति’ भन्ने नाराका साथ यही वैशाखमा चार वटा बस सञ्चालन गरेको प्रालिले आजदेखि थप पाँचवटा बस सञ्चालनमा ल्याएको हो।
     
बसभित्र तातो, चिसो खानेकुरा पाइनुका साथै शौचालयको समेत व्यवस्था भएकाले आनन्ददायी यात्रा गर्न मिल्ने कम्पनीको दावी छ।प्रालिका निर्देशक दीपक भट्टराईले यात्रुको चाहना, सुरक्षा र सुविधालाई ध्यानमा राखी काठमाडौँ(लुम्बिनी र काठमाडौँ(पोखरा का लागि उक्त बस सञ्चालनमा ल्याइएको जानकारी दिए। 
     
अहिले पोखरा र लुम्बिनी सम्म मात्र बस सञ्चालन गर्दै आएकोमा आगामी दिनमा सौराह र जनकपुरसम्म लैजाने योजना रहेको भट्टराइले बताए। 
     
प्रालिका अर्का निर्देशक मिलन नेपालले नयाँ बसबाट यात्रा गर्न चाहनेका लागि मोबाइल एप्स र इ–सेवामार्फत टिकट काट्ने व्यवस्था मिलाइएको जानकारी दिए। पर्यटकलाई लक्षित गरेर यी बस भित्र्याइएकाले विदेशी सेवा सरह बनाउन खोजेको नेपालले बताए।  

Advertisement

२२ सिट क्षमता भएको उक्त बसमा प्रिमियम थाइरेस्ट सोफासिट राखिएको छ। प्रालिका वित्तीय निर्देशक मनिष केसीले, भारतमा निर्माण भएको उक्त बसको लागत एक करोड रुपैयाँ भएको जानकारी दिए।  
     
उक्त बस काठमाडौँ–पोखरा जाने विदेशीका लागि खानासहित २५ डलर र स्वदेशी पर्यटकका लागि २० डलर लाग्ने प्रालिले जनाएको छ। ट्राभल नेपाल प्रालिले सञ्चालनमा ल्याएका नौ बसमध्ये छ वटा बस पोखरा र तीन वटा बस लुम्बिनीका लागि सञ्चालन भएका छन्। रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री