बिहीबार, १३ वैशाख २०८१

सूर्योदय लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने

समयपोष्ट २०७४ असोज २९ गते ६:०५

सूर्योदय लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक बर्षको नाफामा रहेको रकमबाट १९ प्रतिशत बोनस सेयर तथा एक प्रतिशत कर प्रयोजनका लागि नगद लाभांशगरी  २० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।  

Advertisement

कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । हाल संस्थाको चुक्तापूँजी चार करोड रुपैयाँ छ । संस्थाले चार करोडको १९ प्रतिशत हुन आउने ७६ लाख रुपैयाँ बोनस बापत वितरण गर्नेछ भने ४ लाख रुपैयाँ कर प्रयोजनका लागि नगद वितरण गर्नेछ । बोनसपछि कम्पनीको चुक्तापूँजी चार करोड ७६ लाख रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री