शुक्रबार, १४ वैशाख २०८१

थाहा पाउँनुहोस् नेपाल ग्रामिण विकास बैंकको एफपिओ कहिले हुन्छ बाँडफाँड ?

समयपोष्ट २०७४ असोज २८ गते ७:५७

नेपाल ग्रामिण विकास बैंकको सेयर विक्री प्रबन्धक प्रभु क्यापिटलले एफपिओकाे पुर्व बाँडफाँड खाका नेपाल धितोपत्र बोर्डमा शुक्रबार पेश गरेको छ । धितोपत्र बोर्डबाट बाँडफाँडको खाकालाई बोर्डले स्वीकृति प्रदान गरेपछि  एफपिओ बाँडफाँड गर्ने तयारी क्यापिटलले गरेको छ । क्यापिटलका अनुसार एफपिओ असोज ३१ गते मंगलबार धितोपत्र बोर्डले गत जेठदेखि लागू गरेको धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार बाँडफाँड हुनेछ । 

Advertisement

ग्रामीण विकास बैंकले भदौ २७ गतेदेखि ३० गतेसम्म एक सय रुपैयाँ अंकित दरमा ९ लाख ७५ हजार कित्ता एफपिओ निष्काशन गरेको थियो । एफपिओमा ५० कित्तादेखि ४८७० कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था रहेको थियो । एफपीओमा दुई लाख ५० हजार बढी आवेदकको आवेदन परेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री