शनिबार, १५ वैशाख २०८१

एनआरएनएको ८ औं विश्व सम्मेलन काठमाडौंमा सुरु

समयपोष्ट २०७४ असोज २८ गते ७:१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ८ औं विश्व सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ । 

Advertisement

शनिबारदेखि काठमाडौंको ह्यात होटलमा सुरु भएको  सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन् । सम्मेलनमा  उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालगायत उच्च पदस्थ सरकारी अधिकारीको सहभागिता रहेको थियो । 

३ दिनसम्म चल्ने सम्मेलनमा ७० भन्दा बढी देशका २ हजार  बढी प्रतिनिधि सहभागी छन् । सम्मेलनअन्तर्गत भोलि बन्द सत्र र पर्सि नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने कार्यतालिका छ ।

नयाँ नेतृत्वका लागि अध्यक्षमा  जमुना घले, भवन भट्ट र टीबी कार्कीको उम्मेदवारी परेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री