शनिबार, ८ वैशाख २०८१

भारतीय कम्पनीसँग फास्ट ट्रयाकको डिपिआर किन्ने मन्त्रिपरिषदको निर्णय

समयपोष्ट २०७४ असोज २७ गते ९:२९

सरकारले काठमाण्डौ निजगढ दु्रत मार्ग निर्माणको लागि भारतीय कम्पनीले तयार पारेको विस्तृत प्रतिवेदन अध्ययन डीपीआर किन्न स्वीकृति प्रदान गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले फास्ट ट्रयाक समयमा सम्पन्न गर्नका लागि बनेको निर्देशक समितिको प्रतिवेदन अध्ययन गरि सो कम्पनीसंग आवश्यक वार्ता गरि प्रतिवेदनको उपयोगिताको आधारमा मुल्य सिफारिस गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

Advertisement

काठमाडौं निजगढ फास्ट ट्रयाकको डिपिआर भारतीय कम्पनी आइएल एण्ड एफएसले निर्माण गरेको हो । नेपाली सेना आफैँले फास्ट ट्रयाक निर्माण गर्ने भएपछि भारतीय कम्पनीले फास्ट ट्रयाकको डिपिआर नेपाललाई बेच्न प्रस्ताव आएको हो । 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री