बिहीबार, १३ वैशाख २०८१

चिलिमेले ढिलो गरि सच्यायो बुक क्लोज मिति, कम्पनीको नयाँ बुक क्लोज मिति कहिले ?

समयपोष्ट २०७४ असोज २७ गते ७:४२

चिलिमे जलविद्युतले पुरानो बुक क्लोज मिति सच्याएर कात्तिक ६ गतेदेखि हुने गरि नयाँ मिति सार्वजनिक गरेको छ । बुक क्लोजको मिति सात दिन अगावै सार्वजनिक गनुपर्ने नीति विपरित कम्पनीले छोटो अवधि दिएर मिति सार्वजनिक गरेको भन्दै लगानीकर्ताहरुले विरोध गरेपछि कम्पनीले नयाँ मिति तय गरेको हो ।

Advertisement

कम्पनीले  मिति सारिएको जानकारी  ढिला गरि दिएको हो ।  कम्पनीले यसअघि असोज २७ गते सेयरधनी किताब बन्द गर्ने मिति तोकि नेप्सेमा असोज २७ गतेमात्र सूचना दिएको थियो ।  यही आधारमा कम्पनीको सेयरमा विहीवार उच्च आकर्षण देखिएको थियो भने ७ करोड २० लाखको सेयर किनबेच भएको थियो । विहीवार कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता १० रुपैयाँसम्म घटेको थियो ।

कम्पनीले पुरानो बुक क्लोज मिति सच्याएपछि  घोषणा गरेको २५ प्रतिशत लाभांश प्राप्त गर्न सेयर किन्न चहानेले अझै केही समय पाएका छन् । कात्तिक ५ गतेसम्म सेयर स्वामित्व हुनेले अब कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्नेछन । 

कम्पनीले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २४ को साधारण सभाले पारित गरेपछि यो लाभांश लगानीकर्ताले पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री