शुक्रबार, १६ चैत २०८०

राष्ट्रिय बीमा संस्थानले ४२.११ प्रतिशत बोनस सेयर दिने,कात्तिक १७ गते साधारण सभा

समयपोष्ट २०७४ असोज २७ गते ५:५७

राष्ट्रिय बीमा संस्थानले आफ्ना सेयरधनीहरुलाई ४२.११ प्रतिशत बोनस सेयर वितरण भएको छ । संस्थानले आर्थिक बर्षको ६३/६४ मा कायम रहेको चुक्तापूँजी १२ करोड ९३ लाखको ४२.११ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।  उक्त प्रस्ताव पारित गर्नका लागि संस्थानले आगामी कात्तिक १७ गते तीसौँ बार्षिक साधारणसभा समेत डाकेको छ ।

Advertisement

बोनस बापत संस्थानले ५ करोड १७ लाख २० हजार वितरण गर्नेछ । साथै संस्थानले कर प्रयोजनका लागि २७ लाख २२ हजार १०५ रुपैयाँ नगद लाभांश समेत वितरण गर्ने भएको छ ।

संस्थानले आर्थिकबर्ष ५८/५९ देखी ६३/६४ सम्मको लाभांस एकमुष्ठ प्रदान गर्न लागेको हो ।

संस्थानले साधारणसभाबाट आर्थिक बर्ष ६३र/६४, ६४/६५ र ६५/६६ को लेखापरीक्षण भएको प्रतिवेदन पारित गर्ने, आर्थिक बर्ष ६९/७०, ७०/७१ र ७१/७२ को लेखापरीक्षकको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव समेत राखेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीको सेयरधनी दर्ता पुस्तिका कात्तिक १ ग तेदेखि १७ गतेसम्म बन्द रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री