शुक्रबार, १६ चैत २०८०

स्थानीय तह निर्वाचनमा उम्मेदवार भएकाहरुलाई आगामी निर्वाचनमा उम्मेदवार नबनाउन क्रान्तिकारीको सुझाव

समयपोष्ट २०७४ असोज २५ गते ५:३७

 माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले स्थानीय तह निर्वाचनमा उम्मेदवार भएकाहरुलाई प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनाउन सुझाव दिएको छ । उम्मेदवार सिफारिस लगायतका विषयमा छलफल गर्न मंगलबार बसेको विशेष जिल्ला समिति बैठकले ३ नम्बर प्रदेश इञ्चार्ज हितमान शाक्यमार्फत पार्टी अध्यक्ष प्रचण्डलाई उक्त सुझाव दिएको हो । 
बैठकले  पार्टीका शीर्ष नेता तथा प्रदेश सभामा मुख्यमन्त्रीका उम्मेदवारहरु बाहेक अरु कुनै पनि नेता दुई पटकभन्दा बढी सांसदको उम्मेदवार बन्न नपाउने मापदण्ड बनाउन समेत सुझाव दिएको छ ।
उम्मेदवार चयन गर्दा युवापुस्ताको उपस्थितिलाई पनि कार्यविधिमा प्रतिशत छुट्याएरै समाधान गर्नुपर्ने र गैरभौगोलिक संरचना, जनवर्गीय संगठन र मोर्चाका केन्द्रीय भूमिकामा रहेका र पार्टीका केन्द्रीय विभागमा रहेर काम गरिरहेकाहरुलाई पनि उम्मेदवार छनोटमा ध्यान दिनुपर्ने क्रान्तिकारीको सुझाव छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री