शनिबार, १५ फागुन २०७७

प्रथम महिलाको लागि ट्रम्पका पत्नीहरुबीच विवाद

समयपोष्ट २०७४ असोज २५ गते ३:४०

अमेरिकी राष्ट्रपति डानाल्ड ट्रम्पकी पुर्वपत्नी ईवाना ट्रम्पले एबीसी न्युजको गुड मर्निङ अमेरिका कार्यक्रममा आफु नै प्रथम महिला भएको बताएकी छिन् ।

Advertisement

उक्त कार्यक्रममा बोल्दै उनले भनिन् म ट्रम्पकी पहिलो पत्नी हुँ, म नै प्रथम महिला हुँ । चेन गणराज्यकी पुर्वमोडल ईवानले ह्वाईट हाउससंग उनको सीधा सम्पर्क रहेको तर यसबाट कसैलार्य जलन होस् भन्ने आफुले नचाहेको बताईन् । 

आफ्नो किताव रेसिङ ट्रम्प प्रकाशित हुन लागेकाम त्यसको पचारमा लागेकी ईवान ट्रम्प उक्त कार्यक्रममा सहभागी भएकी थिईन् । कार्यक्रममा उनले कितावको चर्चा गरेकी र्थिइन् । ईवान र डोनाल्ड ट्रम्पको विवाह सन् १९७७ मा भएको थियो । 

Advertisement

उनीहरुबीचको सम्बन्ध सन् १९९० को दशकसम्म कायम थियो । यसबीच डोनाल्ड ट्रम्पको मार्ला मेपल्स  नामकी एक महिलासंग अफेयर चलेपछि सन् १९९२ मा उनले सम्बन्धन विच्छेद गरेकी थिईन् । मार्लाले पछि डोनाल्ड ट्रम्पसंग विवाह पनि गरिन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री