शुक्रबार, १४ वैशाख २०८१

आरम्भ माइक्रोफाइनान्सले दुर्इ लाख ९४ हजार कित्ता प्राथमिक सेयर निष्काशन गर्ने

समयपोष्ट २०७४ असोज २४ गते ४:२६

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले कार्तिक १८ गते तेस्रो साधारणसभा डाकेको छ। संस्थाले साधारणसभाबाट जारी पूँजीको ४९ प्रतिशतबाट हुन आउने दुर्इ लाख ९४ हजार कित्ता प्राथमिक सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने भएको छ।

Advertisement

संस्थाको जारी पूँजी ६ करोड रुपैयाँ रहेको छ। संस्थाले सर्बसाधारण समुहलार्इ ४९ प्रतिशत पूँजी छुट्याएसँगै दुर्इ करोड ९४ लाख रुपैयाँको सेयर जारि गर्नु पर्छ। 

कम्पनीले  एन आई सी एशिया क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । नेपाल राष्ट्र बैंकबाट “घ“ वर्गको इजाजत प्राप्त आरम्भ माइक्रो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको मुख्यालय बनेपा १०, काभ्रेपलाञ्चोकमा रहेको छ । विगत २ वर्ष देखि सो संस्थाले नेपालका १५ पहाडी जिल्लामा वित्तीय सेवा दिदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री