बुधबार, १२ वैशाख २०८१

ओम डेभलपमेन्ट बैंकको हकप्रद खुल्यो,भदौ २९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन गर्न पाउने

समयपोष्ट २०७४ असोज २३ गते ६:२६

ओम डेभलपमेन्ट बैंकले सोमबारबाट हकप्रद सेयर निश्कासन गरेको छ । बैंकले  हाल कायम पुँजीको १०:३ कित्ताका दरले ४९ लाख ३१ हजार ८३५ कित्ता हकप्रद निश्कासन गरेको  हो । हकप्रदमा कात्तिक २६ गतेसम्म आवेदन दिन सकिनेछ । 

Advertisement

बैंकको हकप्रद सेयरमा गत भदौ २९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् । हकप्रद प्रयोजनका लागि बैंकले भदौ ३० गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो ।

बैंकको सेयर बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स रहेको छ । सेयरधनीले एनआईबिएल क्यापिटल मार्केट्सको कार्यालय लाजिम्पाट, ओम डेभलपमेन्ट बैंकको सम्पूर्ण शाखाहरु र नेपाल इन्भेस्टमेन्ट बैंकको बिराटनगर, बिरगंज, नेपालगंज, इटहरी तथा धनगढी शाखाबाट आवेदन दिन सक्ने छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री