शनिबार, १५ वैशाख २०८१

भर्खरै संचालनमा आएको यूनियन लाइफको साधारण सभा कात्तिक १३ गते ,आईपिओ निश्कासन प्रस्ताव पारित हुने

समयपोष्ट २०७४ असोज २३ गते ५:४४

नयाँ लाइफ इन्स्योरेन्स कम्पनी यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो बार्षिक साधारण सभाको मिति तय गरेको छ ।  कम्पनीले साधारणसभा कात्तिक १३ गते, कम्पनीको रजिष्टर्ड कार्यालय, सिद्धार्थनगर रुपन्देहीमा गर्ने भएको  हो । साधारणसभामा ६४ लाख ५० हजार कित्ता  प्राथमिक सेयर निश्कासन प्रस्ताव पारित हुनेछ  । 

Advertisement

कम्पनीले दुई अर्ब चुक्तापूँजीमा ३० प्रतिशतले हुन आउने रकम बराबरको आईपिओ सर्वसाधारणलाई बिक्री गर्ने भएको हो । आईपिओ निष्कासनपछि संस्थापक ७० प्रतिशत तथा सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व हुनेछ ।

त्यस्तै कम्पनीको अन्य प्रस्तावमा कम्पनीको कर्पोरेट कार्यालयको ठेगाना परिवर्तन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती अनुमोदन गर्ने र संचालक समितिको निर्वाचन गर्ने लगायत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री