शुक्रबार, ७ वैशाख २०८१

युवाहरुको निष्कर्ष : ‘बृहत् वाम एकताः समृद्धिको आधार’

समयपोष्ट २०७४ असोज २० गते १२:३२

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपाल निकटका युवा संगठनले बृहत् वाम एकताले लामो समयदेखिको नेपाली जनताको भावनालाई सम्बोधन गरेको बताएका छन् । 

Advertisement

तीन वटै पार्टी निकटका युवा संगठनको संयुक्त बैठकले वाम एकतालाई सुदृढ र सक्रियतापूर्वक सफल बनाउन आआफ्नातर्फबाट योगदान गर्ने निर्णय गरेका छन् ।
 नेपालको कम्युनिष्ट आन्दोलनले उठाउँदै आएको गणतन्त्र, संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व तथा आर्थिक– सामाजिक– सांस्कृतिक रुपान्तरणको विषयलाई एकता प्रक्रियाले सार्थक निष्कर्षमा पु¥याउने विश्वास युवा संगठनले गरेका छन् । 

राजनीतिक अधिकारको प्राप्तिपछि अबको बाटो विकास र समृद्धिको दिशामा गएको जनाउँदै उनीहरुले हालसम्मको परिवर्तनले प्रमाणित गरिसकेको विकास र समृद्धिको नेतृत्वसमेत कम्युनिस्ट एकताले मात्रै सम्भव रहेको ठहर गरेका छन् । एकता प्रक्रिया नेपाली समाजलाई समाजवादी लक्ष्यप्राप्तिका लागि कोसेढुंगा सावित हुने ठहर गर्दै युवा संगठनले एकता प्रक्रियालाई ठोस निष्कर्षमा पु¥याउन पार्टी नेतृत्वलाई सार्थक सहयोग गर्ने र सक्रियतापूर्वक लाग्ने निर्णय गरेका छन् । 

बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा एकता प्रक्रियामा सहभागी हुन सम्पूर्ण वामपन्थी शक्ति र देशभक्तलाई आग्रह गरिएको छ । यसरी आग्रह गर्नेमा युवा संघ नेपालका अध्यक्ष राजीव पहारी, वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा र राष्ट्रिय युवा अभियानका अध्यक्ष कमल शाही छन । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री