बुधबार, १२ वैशाख २०८१

सिन्धु विकास बैंकको हकप्रदमा आवेदन गर्ने मिति थपियो

समयपोष्ट २०७४ असोज २० गते ६:२२

सिन्धु विकास बैंकले हकप्रद सेयरमा आवेदन गर्ने मिति थप गरेको छ । असोज २२ गते अन्तिम मिति रहेकोमा बैंकले समय थप गरी  कात्तिक ५ गतेसम्म हकप्रद सेयरका लागि आवेदन गर्न पाउने जानकारी दिएको छ । 

Advertisement

बैंकले गत भदौ १८ देखि एक सय रुपैयाँ अंकित दरका २० लाख ९७ हजार ५४० कित्ता हकप्रद निश्कासन गरेको थियो । भदौ ८ गतेसम्म कायम बैंकका सेयरधनीले मात्र हकप्रद सेयरका लागि आवेदन गर्न पाउनेछन् ।

बैंकको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ । क्यापिटलको कार्यालय लाजिम्पाट तथा सिन्धु विकास बैंकको मुख्य कार्यालय बाह्रबिसे सिन्धुपाल्चोक तथा शाखा कार्यालयहरुबाट लगानीकर्ताले आवेदन गर्न सकिन्छ ।

त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय विराटनगर, वीरगञ्ज, नारायणगढ, बुटवल, चिप्लेढुङ्गा पोखरा, नेपालगञ्ज र धनगढी शाखाबाट कात्तिक ५ गतेसम्म आवेदन गर्न सकिने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री