मंगलबार, ११ वैशाख २०८१

काँग्रेसले थाल्यो लोकतान्त्रिक मोर्चा गठनको तयारी

समयपोष्ट २०७४ असोज १८ गते १०:५७

नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बृहद् लोकतान्त्रिक मोर्चा गठन गर्ने सम्बन्धमा छलफल शुरु गरेको छ । 

Advertisement

काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा यस विषयमा छलफल भइरहेको नेता बिमलेन्द्र निधिले जानकारी दिए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्यको सहभागिता छ । 

लोकतान्त्रिक मोर्चा गठन गर्ने सम्बन्धमा राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक०, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम नेपाललगायत दलसँग आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक गरिनेसमेत उनले बताए । 

दिउँसो २ बजे केही समयका लागि स्थगित गरिएको बैठक फेरि बस्ने जानकारी गराइएको छ । मंगलबार नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० र नयाँ शक्ति पार्टीबीच प्रदेश र संघीय संसद्मा चुनावी तालमेल गर्ने घोषणा भएपछि संसद्को ठूलो दल काँग्रेसले पनि लोकतान्त्रिक गठबन्धन गर्ने गरी छलफल शुरु गरेको हो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री