शुक्रबार, १४ वैशाख २०८१

चीनले बनाउँदैछ, अहिलेसम्म संसारकै सवैभन्दा अग्लो विद्युत खम्वा,

समयपोष्ट २०७४ असोज १८ गते ५:४२

चीनले अहिलेसम्म संसारकै ‘सवैभन्दा अग्लो ’ विद्युत आपूर्ति गर्ने खम्वाको हालै निर्माण शुरु गरेको छ ।

Advertisement

पूर्वी चीनको झेजियाङ प्रान्तमा निर्माणधिन विद्युत पोल (खम्बा) अहिलेसम्म सवैभन्दा अग्लो मानिएको लण्डनको विग वेन भन्दा चार गुणा अग्लो अर्थात् ३८० मिटर अग्लो हुने झेजियाङ विद्युत निर्माण कम्पनीले जानकारी दिएको छ।

यो चीनकै दामाओसानमा घोषणा भएको ३७० मिटर अग्लो विद्युत खम्वाभन्दा १० मिटर अग्लो हुने र विश्वकै सवैभन्दा अग्लो विद्युतकोखम्वा (टावर)को रुपमा विश्व कीर्तिमान रहने निर्माण कम्पनीको दावी छ ।सन् २०१८ को अन्त्यसम्म निर्माण सम्पन्न गरी सन् २०१९ को शुरुदेखि नै यसलाई प्रयोगमा ल्याइने योजना कम्पनीको रहेको छ। रासस/सिन्ह्वा 

प्रतिक्रिया

सम्बन्धित सामाग्री