शनिबार, १५ वैशाख २०८१

 ‘श्री प्रचण्ड समूहले पार्टी एमालेमा विलय’ गराएको आरोप लगाउँदै गोपाल किरातीले दिए भाटे कारवाही गर्ने धम्की

समयपोष्ट २०७४ असोज १८ गते ५:१३

नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य गोपाल किराँतीले नेकपा एमालेसँग चुनावी तालमेल गर्दै पार्टी एकता गर्ने अध्यक्ष प्रचण्डको प्रस्तावको बिरोध गरेका छन । 

Advertisement

‘माक्र्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्दालाई धरापमा पारेर प्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्न भन्दै आफुले माओवादी केन्द्रलाई पुनरगठन गर्दै सम्भव भएसम्म लडाकु दस्ता तयार पार्ने बताएका छन् ।

आफ्नो आधिकारीक फेसबुक पेजमा किरातीले लेखेका छन्– ‘माक्र्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्दालाई धरापमा पारेर श्री प्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पुनरगठन भेला आयोजक समिति निर्माणको आह्वान गर्दछु ।’

उनले आगामी चुनावमा पहिचान विरोधीलाई ठेगान लगाउन भाटे कारवाही गर्न सम्भव भएसम्म लडाकु दस्ता तयार पार्ने समेत बताए । आफ्नो विज्ञप्तिमा किराँतीले भेला आयोजक समिति गठन गर्नु पूर्व प्रचण्डसँग वार्ता गर्ने समेत उल्लेख गरेका छन् ।

विज्ञप्ति
माओवादी क्रान्तिकारीहरु र पहिचान पक्षधर क्रान्तिकारी कमरेडहरुमा गम्भिर आह्वान

१ माक्र्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्धालाई धरापमा पारेर श्री प्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पूनरगठन भेला आयोजक समिति निर्माणको आह्वान गर्दछु ।

२ पार्टीको कुनै पनि तहमा औपचारिक निर्णण नगराई माओवादी केन्द्र विघटन गरी एमालेमा विलय गराउने श्री प्रचण्ड समूहको कदम दक्षिपन्थी विसर्जनवादी मात्र नभएर अवैधानिक समेत छ । त्यसको चौतर्फी भण्डाफोर गर्न माओवादी क्रान्तिकारी कमरेडहरुमा विशेष आह्वान गर्दछु ।
३ सम्भव भएसम्म लडाकु दस्ता निर्माण गरी आगामी चुनावमा पहिचान विरोधी उम्मेदवारलाई देशैभरी भाटे कारवाहीको तयारी गर्न युवा साथीहरुमा आह्वान गर्दछु ।
४ भेला आयोजक समिति गठन अघि एक पटक श्री प्र्रचण्डसँग वार्ता गरिनेछ ।

५ चुनावी तालमेलको नाटकबारे माओवादी विचार एवंम पहिचानको दुस्मन एमाले जत्थामा आत्मसमपर्ण गर्ने प्रचण्ड समूहको आत्मघाती निर्णयबाट आक्रोशित कमरेडहरुमा अन्यथा विचलित नहुन गम्भिर आह्वान गर्दछु । नयाँ आधारमा माओवादी केन्द्रलाई पूनरगठन गरी पहिचानको आन्दोलन जारी राख्न पुनः आह्वान गर्दछु ।


गोपाल किराँती नेकपा माओवादी केन्द्र, सचिवालय सदस्य
हाल– आम्चोक गाउँपालिका, भोजपुर ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री