शनिबार, ८ वैशाख २०८१

खुल्यो सपोर्ट माइक्रोफाइनान्सको आइपिओ 

समयपोष्ट २०७४ असोज १८ गते ४:१८

इटहरीमा केन्द्रिय कार्यालय रहेको सपोर्ट माइक्रोफाइनान्सले आजदेखी  एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता आईपिओ निष्कासन गर्ने भएको छ। आईपीओ असोज आजदेखी  छिटोमा असोज २३ गते सोमवार बन्द हुनेछ ।

Advertisement

एक लाख ८० हजार कित्ता मध्ये २ प्रतिशत अर्थात ३ हजार ६ सय कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । त्यसै गरी पाँच प्रतिशत अर्थात ९ हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याइएको छ । 
लघुवित्तको आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकत्म ९०० कित्तासम्म आवेदन गर्न पाइनेछ । धितोपत्र बोर्डबार्ट आश्वा सेवा स्वीकृत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका सबै शाखाबाट कम्पनीको आईपिओमा आवेदन गर्न सकिनेछ । लघुवित्तको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

हाल चार करोड रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाको आईपिओ निष्काशनपछि चुक्ता पूँजी पाँच करोड ८० लाख रुपैयाँ पुग्नेछ । सपोर्ट माइक्रोफाइनान्स पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, रामेछाप र मकवानपुर गरी १० जिल्लालाई कार्यक्षेत्र बनाई २०७२ साउनदेखि सञ्चालनमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री