शुक्रबार, १४ वैशाख २०८१

प्राकृतिक सम्पदाको संरक्षणमा जुटे स्थानीयवासी

समयपोष्ट २०७४ असोज १७ गते ५:३३

प्राकृतिक सम्पदाको संरक्षण र संवद्र्धन गर्न म्याग्दीको ग्रामीण भेकका बासिन्दा सक्रिय हुन थालेका छन् ।

Advertisement

जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोट र मालिका गाउँपालिका अर्मनका स्थानीय बासिन्दा सामुदायिक वनमा पाइने जडीबुटी, वन्यजन्तुजस्ता लोपोन्मुख वस्तुहरू संरक्षण गरेर प्रकोप नियन्त्रण गर्ने योजनासहित प्राकृतिक संरक्षण सम्पदा संस्था खोलेका छन् ।

अन्नपूर्ण प्राकृतिक संरक्षण क्षेत्रबाहेकका क्षेत्रमा केही वर्षयता प्राकृतिक वस्तु र वन्यजन्तु लोप हुन थालेपछि संरक्षणका लागि अभियान थालेको जनाइएको छ ।

वनजंगलमा वन्यजन्तु लोप हुँदै जाँदा पर्यटकीय स्थानको महत्व कम हुँदै जान थालेपछि अभियान थालिएको अर्मनकी प्राकृतिक संरक्षण संस्थाकी सदस्य कोपिला कँडेलले बताए ।
सो संस्थाले जडीबुटी संकलनलाई व्यवस्थित बनाउने र राजश्व संकलनमा वृद्धि गर्ने योजनासमेत बनाएको उनले बताए।

उक्त क्षेत्रमा २४ प्रजातिका जडीबुटी पाइने स्थानीय बासिन्दाको भनाइ रहेको छ । बाघ, भालु, चितुवा, चित्तल तथा धेरै चरा पाइने भएपनि विस्तारै लोप हुन थालेपछि अभियान शुरु गरेको संस्थाले जनाएको छ ।
समुद्री सतहदेखि करिब दुई हजार ५०० भन्दा बढी उचाइमा फैलिएको सो क्षेत्रको सामुदायिक वन क्षेत्र पर्यटकीय दृष्टिले समेत आकर्षक भएकाले संरक्षण गर्नु आवश्यक देखिएको स्थानीयवासीको भनाइ रहेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री