शनिबार, १५ वैशाख २०८१

हृदयेश त्रिपाठीले एमालेसँग मिलेर सूर्य चिन्हमा चुनाव लड्ने

समयपोष्ट २०७४ असोज १७ गते ५:११

राष्ट्रिय जनता पार्टी छाछेर स्वतन्त्र समुह बनाएका हृदयेश त्रिपाठीले एमालेसँग मिलेर आगामी निर्वाचनमा लड्ने लिखित सहमति गरेका छन् । नेकपा एमालेसँग दुई बुँदे सहमति गरी एमालेको चुनाव चिन्हबाट आगामी प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनमा सूर्य चिन्ह लिएर सहभागी हुने र स्वतन्त्र समूह स्वतन्त्र पहिचानका साथ क्रियाशील हुने उल्लेख छ । 

Advertisement

स्वतन्त्र राजनीतिक समूहको तर्फबाट हृदयेश त्रिपाठी, बीके गुप्ता (कपिलवस्तु), पशुपतिदयाल मिश्र (बाँके), ईश्वरदयाल मिश्र (कपिलवस्तु), जगदिश शुक्ला (बाँके)ले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

एमालेको तर्फबाट भने महासचिव ईश्वर पोखरेलले सहमतिमा हस्ताक्षर गरेका छन् । त्रिपाठी मधेसवादी ६ दलबीच एकतापछि रुष्ट भएका थिए । आफू भन्दा कनिष्ट र आफ्नो शिष्यहरुलाई अध्यक्ष मण्डलमा राखिएको भन्दै त्रिपाठी रुष्ट रहँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री