चुम्बन विवादः टिआरपी पाउनका लागि पब्लिसिटी स्टन्ट
समयपोष्ट
२०७६ कार्तिक ५ गते १३:५९
नेहा कक्कडलाई जबरजस्ती चुम्बन गरेको मामलामा विशाल ददलानीले प्रतिक्रिया दिएका छन् । विशालले ट्वीटरमा आफूले पुलिसलाई बोलाउन चाहेको तर नेहाले ती व्यक्तिलाई जान दिएको बताए ।
इन्डियन आइडल ११ को अडिशनमा केही दिनअघि अडिसन दिन पुगेका एक प्रतियोगीले नेहालाई गालामा चुम्बन गरेका थिए । नेहाबाहेक विशाल ददलानी र अनु मलिक पनि जजको रुपमा उक्त कार्यक्रमसँग जोडिएका छन् । एकातर्फ यो मामलामा धेरैले रिस व्यक्त गरिरहेका छन् भने कतिले यसलाई टिआरपी पाउनका लागि पब्लिसिटी स्टन्ट बताइरहेका छन् ।
ट्वीटरमा एक प्रयोगकर्ताले विशाल ददलानीलाई प्रश्न सोधे, ‘सर ती व्यक्तिलाई यति सजिलै जान दिन हुँदैनथ्यो । ’ यसमा विशालले जवाफ दिए, ‘म पुलिस बोलाइयोस् भन्ने चाहन्थेँ तर नेहाले उसलाई जान दिइन् । ती पुरुषलाई मानसिक उपचारको खाँचो छ, हामी उसलाई यसमा मद्दत गर्नेछौं ।’
प्रतिक्रिया