शुक्रबार, १४ वैशाख २०८१

गायक दुर्गेश थापा पक्राउ

समयपोष्ट २०७६ कार्तिक ५ गते १३:४८

Advertisement

गायक दुर्गेश थापा पक्राउ परेका छन् । थापालाई काठमाडौँको बालाजुबाट पक्राउ गरिएको हो ।

तिहारको छेको पारेर सार्वजनिक गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो ।

सोही उजुरीपछि प्रशासनले महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेसँगै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुर्गेशले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग भएका छन् । उक्त गीत हटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री