मंगलबार, ११ वैशाख २०८१

वैदेशिक रोजगारीबाट फर्केका बाबुले आफ्नै छोरीलाई करणी गर्न खोजेपछि…

समयपोष्ट २०७६ कार्तिक १ गते ९:५०

Advertisement

आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।

गुल्मी इस्मा गाउँपालिका वडा नम्बर ४ दोहोलीका ४१ वर्षीय बाबुलाई पीडितकी आमाले दिएको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । उनले असोज २९ गते साँझ मालिका गाउँपालिका ६ अर्जैमा छोरीलाई जबरजस्ती करणी गर्न खोजेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बाबुलाई गुल्मी अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बाबु वैदेशिक रोजगारीबाट आएको र मदिरा सेवन गरेको झोकमा छोरीलाई जबरजस्ती करणी गर्न खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री