शनिबार, १५ वैशाख २०८१

गायिकालाई अवार्ड लोभ देखाएर यौन प्रस्ताव

समयपोष्ट २०७६ असोज २९ गते १४:०८

Advertisement

 

कलाकार संघ युएसएका वर्तमान अध्यक्ष तथा ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९’ का आयोजक संस्थाका महासचिव सुमन बुढामगरमाथि एक कलाकारले यौन दुुब्र्यवहार गरेको आरेप लगाएकी छिन् । कलाकार छिरिङ डोमा शेर्पा ‘जेन्निफर’ ले बुढामगरले  पटक पटक इमोसनल ब्लकमेलिङ गर्दै सेक्सुअल हर्यास्टमेन्ट गरेको आरोप लगाएकी हुन् ।

 

बुढामगरले अनेक थरी प्रलोभन देखाउँदै हेलिकप्टरमा मनाङ र पोखराका होटेलहरुमा बस्नको लागि समेत दवाव दिएको उनले सामाजिक सञ्जाल मार्फ खुलासा गरेकी छिन् ।

 

 

 

अमेरिकामा आयोजना हुने भनिएको ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९’ का महासचिव समेत रहेका बुढामगरले ‘टप थ्री’ मा पार्ने प्रलोभनमा विभिन्न प्रस्ताव गरेको उनको आरोप छ । उनले पत्रकारहरु, अनलाइन न्युज र टेलिभिजन च्यानललाई सम्बोधन गर्दै बुढामगरलाई सजाय दिलाउन सहयोग गर्न आग्रह गरेकी छन् ।

बुढामगर निलम्बित
कलाकार छिरिङ डोमा शेर्पाको आरोपपछि ‘वर्ल्र्ड नेपाल म्युजिक अवार्ड २०१९’को आयोजना वल्र्ड कनेक्सन युएसए इन्सले एक विज्ञप्ती जारी गर्दै बुढामगरलाई अवार्ड आयोजक समितिबाट निलम्बित गरेको छ ।

‘अवार्डसँग जोडिएर लागेको आरोपको विषयमा बुझ्न बारम्बार सम्पर्क गर्दा पनि सम्पर्कमा नआएको कारण बुढालाई निर्दोष सावित नभएसम्मका लागि निलम्बित गरिएको छ,’ वल्र्ड कनेक्सनको विज्ञप्तीमा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री