मंगलबार, २५ वैशाख २०८१

यौनांगको साइज सम्बन्धी यस्तो भ्रमबाट आजै मुक्त हुनुहोस्

समयपोष्ट २०७६ असोज २९ गते १३:४०

Advertisement

तपाईंंले मनमा सेक्स गर्दा दुख्छ कि भनेर पाल्नुभएको डरलाई आजैबाट बाहिर निकाल्नुस् । सेक्स पार्टनरबीचमा पूर्ण समझदारीमा गरिएको सेक्सको अनुभव सबैको सुखद हुन्छ ।

सकारात्मक सोचसाथ सेक्सका लागि तयार हुने हो भने यसबाट अभूतपूर्व आनन्द प्राप्त हुन्छ । तपाईंंले आफ्नो यौनांगको साइजलाई लिएर बनाउनुभएको धारणा पनि भ्रमबाहेक अरू केही होइन । तपाईंंले बाहिरबाट हेरेर आफ्नो योनीको साइज सानो छ कि ठूलो वा साँघुरो छ भन्ने थाहा पाउनुहुँदैन योनी तन्किने तन्तुले बनेको अंग भएका कारण यसमा लिंग प्रवेश गराउँदा टमक्क नै हुने गर्छ । त्यसैले योनीको साइज ठूलो या सानोको भ्रमबाट आजैदेखि मुक्त हुँदा नै राम्रो हुन्छ ।

योनीको तन्तुको प्रकृति नै लिंगको साइजअनुसार एड्जस्ट हुनेखालको हुन्छ । यो लिंगको साइजअनुसार संकुचन हुने र फुक्ने गर्छ ।किशोरकिशोरी र युवकयुवतीका लागि विवाहपछिको पहिलो रात र पहिलो सम्भोगको कल्पना सुखद र शंकापूर्ण दुवै हुन्छ ।

Advertisement

यसबारे वयस्क स्त्री–पुरुषका साथीसंगीसँग पहिल्यैदेखि स्वाभाविक चर्चा–परिचर्चा पनि भइरहन्छ । जस्तो, तपाईंंको पनि साथीहरूसँग भइरहेको छ । साथीहरूले भनेकै आधारमा धारणा बनाएर सुरु नै नभएको यौन जीवनलाई जोखिममा धकेल्ने काम गर्नुहुँदैन । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री