बिहीबार, १५ चैत २०८०

चिनियाँ राष्ट्रपतिको स्वागतको लागि सडक छेउमा टाँसिएको पोष्टर च्यात्ने दुई जना पक्राउ

समयपोष्ट २०७६ असोज २३ गते २१:२४

Advertisement

चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणमा स्वागतको लागि सडक छेउमा टाँसिएको पोष्टर च्यात्ने दुई जना समातिएका छन् ।

तीनकुनेको पुलमा राखिएका पोष्टर च्यातेको आरोपमा प्रहरीले उदयपुरका गोपाल सार्की र रौटहटका राजकुमार यादवलाई पक्राउ गरेको हो । उनीहरूलाई महानगरीय प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ ।

मापसे गरेर गोपाल सार्कीले राष्ट्रपति सीको नेपाल भ्रमणमा स्वागतको लागि सडक छेउमा राखिएको पोष्टर च्यातेको प्रहरीले जनाएको छ । मापसे गरेर सार्कीले च्यातेको त्यही पोष्टर राजकुमारले पछि च्यात्दै हिँडेको प्रहरीले जनाएको छ ।

यस्तै फ्रि तिब्बतको गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले चोभारबाट २ जना, स्वयम्भुबाट १ जना र बौद्धबाट १ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका चारै जनाको नाम प्रहरीले गोप्य राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री