शुक्रबार, ७ वैशाख २०८१

महालक्ष्मी विकास बैंकको दुई नयाँ शाखा विस्तार

समयपोष्ट २०७६ असोज १५ गते १६:३७

Advertisement

महालक्ष्मी विकास बैंक लि. ले दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले बुधबार कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं ६, लेकसाइड र वडा नं २६, बिजयपुरमा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाहरु सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०२ पुगेको छ ।

बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरी सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पुर्याउँने उद्देश्यले शाखा बिस्तार गरी १०२ वटा शाखाबाट करिब ५ लाख ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको छ ।

बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री