मंगलबार, ४ वैशाख २०८१

‘लिबर्टी कलेज जीवन्त शिक्षण संस्थाको रूपमा स्थापित हुन सफल भएको छ’

समयपोष्ट २०७५ असोज १४ गते ३:५३

लिबर्टी कलेजको अवस्था कस्तो छ ?

Advertisement

ग्लोबल कलेज अफ म्यानेजमेन्टको स्वामित्व तथा युनिग्लोब कलेजको व्यवस्थापनमा सञ्चालित लिबर्टी कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एक उत्कृष्ट व्यवस्थापनको कलेज हो । यस कलेजमा बीबीए तथा बीएचएम कार्यक्रमहरू बिहानी तथा दिवा सत्रमा सञ्चालित छन् । शैक्षिक क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त व्यक्तित्वहरूद्वारा सञ्चालनमा रहेको यस कलेजको स्थापना सन् २००९ मा भएको हो । व्यवस्थापन तथा हस्पिटालिटीको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको ख्यातिप्राप्त एक उत्कृष्ट शिक्षण संस्थाको रूपमा आफूलाई स्थापित गर्नु यस कलेजको दीर्घकालीन लक्ष्य रहेको छ । यस कलेजको मुख्य उद्देश्य भनेको चार वर्षे बीबीए तथा बीएचएम कार्यक्रमहरूद्वारा देशका विभिन्न क्षेत्रमा सेवा पुर्याउन सक्षम मध्यमस्तरीय व्यवस्थापकहरू उत्पादन गर्नु रहेको छ ।

विद्यार्थीले लिबर्टी कलेज किन रोज्ने ?

बीबीए तथा बीएचएम कार्यक्रम सञ्चालनमा यस कलेजको स्थान राष्ट्रियस्तरमै उच्च रहेको छ । यो उपलब्धि यहाँ अध्ययनरत विद्यार्थी तथा कलेज व्यवस्थापनको अथक मेहनतबाट सम्भव भएको हो । यस कलेजमा निर्मित होटल व्यवस्थापन प्रयोगशाला सहरकै उत्कृष्ट प्रयोगशालाको रूपमा रहेबाट यस कलेजले होटल व्यवस्थापनमा व्यवहारिक तथा प्रयोगात्मक सीपको महत्वलाई उच्च प्राथमिकतामा राखेको प्रष्ट हुन्छ ।

कलेजमा के–कस्ता अतिरिक्त क्रियाकलापहरू हुन्छन् ?

नियमित सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरूका अलावा यस कलेजमा खाना महोत्सव ९फुड फेस्टिबल०, फुड टेष्टिङ, सेफ कम्पिटिसन, वाइन टेष्टिङ, मिक्सोलोजीलगायतका क्रियाकलाप गराउँछौं। विद्यार्थीहरूमा व्यवस्थापकीय, नेतृत्वदायी तथा रोजगारमूलक सीप विकासमा सहयोग पु¥याउन विभिन्न प्रतिस्पर्धात्मक क्रियाकलापहरू पनि यस कलेजले सञ्चालन गर्दै आएको छ । यी प्रतियोगिताहरूमा सहभागी तथा विजयी विद्यार्थीहरूलाई ट्रफि, मेडल तथा नगद पुरुस्कारसमेत प्रदान गर्ने गरिएको छ । म्यानेजमेन्ट फेष्टमा ९० सेकेन्ड योजना प्रस्तुति, उद्यमशीलता प्रतियोगिता, व्यवसायिक योजना विकास, कला प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, केस स्टडी, प्रस्तुतीकरण प्रतियोगिता, वादविवाद प्रतियोगिता, श्रव्यदृष्य विज्ञापन निर्माण प्रतियोगिता, ब्रान्ड पहिचान प्रतियोगिता, रोमाञ्चक विज्ञापन प्रतियोगिता, वक्तृत्वकला प्रतियोगितालयागत अन्य क्रियाकलाप पनि नियमित गराउँछौँ ।

विद्यार्थीका लागि कलेजमा के–कस्ता सुविधाहरू उपलब्ध छन् ?

यस कलेजले नियमितरूपमै विभिन्न क्षेत्रमा कार्यरत तथा ख्यातिप्राप्त व्यक्तिहरूबाट कलेजपरिसर तथा बाह्य स्थानहरूमा अतिरिक्त कक्षा तथा तालिमहरू सञ्चालन गर्दै आएको छ । विद्यार्थीहरूको अनुसन्धानमूलक क्षमता अभिवृद्धिका लागि भारतलगायत विभिन्न मुलुकहरूमा आयोजना हुने अनुसन्धान कार्यसँग सम्बन्धित अन्तर्राष्ट्रिय गोष्ठी तथा सेमिनारहरूमा समेत सहभागिता गराइने गरिएको छ । यस कलेजले आगामी दिनहरूमा विशेषीकृत ऐच्छिक विषयहरूको अध्यापनका लागि विदेशी विशेषज्ञहरूको व्यवस्था गर्ने योजना बनाइरहेको छ । यस कलेजको कम्प्युटर, होटल व्यवस्थापन प्रयोगशाला, अत्याधुनिक, श्रव्यदृष्य शिक्षण सामग्रीसहितका सुविधाजनक कक्षाकोठाहरू, व्यवस्थित पुस्तकालय, पर्याप्त छात्रवृत्तिको व्यवस्थालगायतका सुविधा छन् ।

अन्त्यमा, विद्यार्थीलाई केही सुझाव छ कि ?

विद्यार्थी, शिक्षक, अभिभावक तथा व्यवस्थापक गरी चार पक्षहरूको संयुक्त सहकार्यद्वारा यो कलेज शैक्षिक क्षेत्रमा एक जीवन्त शिक्षण संस्थाको रूपमा स्थापित हुन सफल भएको छ । यस कलेजमा सञ्चालित कार्यक्रमहरूमा भर्ना भई रमणीय शैक्षिक वातावरणको भरपूर आनन्द उठाउँदै आफ्नो भविष्य सुनिश्चित गर्नुहुनेछ भन्ने कुरामा म विश्वस्त रहेको छु । समग्रमा, हाम्रो सम्पूर्ण ध्यान नै विद्यार्थीहरूको व्यवस्थापकीय ज्ञान, सीप र दक्षता अभिवृद्धिमा केन्द्रित रहने कुरा विश्वास दिलाउन चाहन्छु । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री