बिहीबार, १३ वैशाख २०८१

ज्योति लाईफ इन्स्योरेन्स दोश्रो वर्षमा प्रवेश, कर्मचारीहरुको लागि ल्यायो नयाँ बीमा योजना

समयपोष्ट २०७५ असोज ९ गते ११:३२

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रथम वर्ष सफलताका साथ पुरा गरि दोश्रो वर्षमा प्रवेश गरेको छ । २०७४ आश्विन ८ गतेबाट कम्पनी औपचारिक रुपमा व्यवसाय शुभारम्भ गरेको थियो ।

Advertisement

कम्पनीले सञ्चालनको १२ महिनामा देशका विभिन्न भागमा ७५ वटा शाखा संजाल बिस्तार गरी विभिन्न ७ वटा आकर्षक जीबन बीमा योजना जारी गरेको छ । यस्तै कम्पनीले १८१ करोड लगानी, ४ अर्ब कुल बीमाङ्क, ३७ करोड वीमा शुल्क आर्जन गरेको छ ।

‘कम्पनीको पहिलो वर्षको यात्रामा साथ दिनु हुने हाम्रा सम्पूर्ण संस्थापक शेयरधनि महानुभावहरु, कर्तब्यनिष्ठ भई जिम्मेवारी निर्वाह गर्ने कर्मचारीहरु, कम्पनीको मेरुदण्डको रुपमा रहेका अभिकर्ता तथा एजेन्सी म्यानेजर ज्युहरु, वित्तिय संस्था तथा संस्थागत अभिकर्ता ज्युहरु, हामीप्रति विश्वास प्रकट गरि कम्पनीको बीमालेख लिई सेवा गर्ने अवसर प्रदान गर्नु हुने सम्पूर्ण बीमितहरु, कम्पनीको प्रचार प्रसारमा सहयोग गर्ने संचार क्षेत्र र कम्पनीलाई सधैं दिशानिर्देश गरि सहयोग पुर्याउनु हुने श्री बीमा समिति लगायत अन्य नियामक निकायहरु प्रति हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दछौं ।’ कार्यकारी उप–प्रमुख प्रकाश विक्रम खत्रीद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ‘ साथै आगामी दिनहरुमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै यहाँहरुको विश्वास, साथ र निरन्तर सहयोगको अपेक्षा गर्दछौं ।’

दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले कुनै पनि संगठनमा कार्यरत कर्मचारीहरुको लागि सम्पुर्ण बीमा सुविधा सहित सामूहिक म्यादी जीबन बीमा योजना समेत जारी गरेको छ । उक्त बीमा योजना अन्तर्गत कर्मचारीहरुको बीमा गराइ श्रम ऐन २०७४ मा उल्लेख भएको व्यवस्थाको पुर्ण परिपालना गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री