शुक्रबार, १४ वैशाख २०८१

प्रधानमन्त्री ओली अमेरिका जाने

समयपोष्ट २०७५ असोज २ गते ६:४८

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका जाने भएका छन् । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली असोज ६ गते त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।

Advertisement

प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ भन्ने मूल नाराका साथ आजबाट ७३ औं महासभा शुरु भएको छ ।

बैठकलार्इ विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् । उच्चस्तरीय सम्बोधन ९ गतेबाट शुरू हुने । प्रधानमन्त्री ओलीको पालो भने असोज ११ गते छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री