मंगलबार, ११ वैशाख २०८१

लुम्बिनी विकास बैंकको नाफा ४० करोड, ६ जना सञ्चालक चयन

समयपोष्ट २०७५ असोज १ गते २:४७

लुम्विनी विकास बैंक लिमिटेडको १०औं वार्षिक साधारण सभा गरेको छ। साधारण सभाले आगामी कार्यकालको लागि संस्थापक समूहबाट सुशिलराज पराजूली, चिन्तामणि भट्टराई र रुप ज्योति तथा सर्वसाधारणको तर्फबाट प्रविणकृष्ण श्रेष्ठ, रामचन्द्र सिग्देल र प्रतापकूमार आचार्यलाई सर्वसम्मत रुपमा सञ्चालकमा चयन गरेको छ।

Advertisement

लुम्विनीका ६५ शाखा छन्। बैंकका १२ एटिएम छन्। बैंकको चुक्ता पूँजी २ अर्ब १७ करोड तथा जगेडा कोषमा एक अर्ब १४ करोड रुपैयाँ छ।

बैंकसँग २२ अर्ब १८ करोड निक्षेप तथा १८ अर्ब ३८ करोड ऋण लगानी छ। बैंकले ४० करोड १७ लाख मुनाफा आर्जन गरको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री